लमजुङ । लमजुङमा युरिया मलको अभाव हुँदा किसान मर्कामा परेका छन् । किसानले युरिया मल नपाएको गुनासो गरे पनि सरोकारवाला निकायहरूले चासो दिएको छैन।
बेसीशहर नगरपालिका ११ का विष्णु पाण्डेले दुई रोपनी जग्गामा मकै खेती गरेका छन् । एकोहोरो मकै गोडे पनि मल अभावका कारण दोहोरो मकै गोड्न नपाएको उनले गुनासो सुनाए । मल अभावमा समयमै मकै गोड्न नपाउँदा मकै उत्पादन घट्ने चिन्ता उनमा देखिन्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ जेठ २०७९, १२ : ५८
लेखकबाट थप