काठमाडौं ।टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले युगान्डालाई १०० रनको लक्ष्य दिएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९९ रन बनाएको हो।
नेपालका लागि ज्योती पाण्डेले सर्वाधिक ४७ रन बनाइन्। यस्तै कप्तान रुविना क्षेत्रीले १८ र सीता राना मगरले १२ रन बनाए पनि अन्य कुनै पनि व्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।बलिङतर्फ युगान्डाकी फियोना कुलुम, सारा अकितेङ र कोन्सी अवेकोले दुई–दुई तथा जनीत एमबाबाजी र रिता मुसामालीले एक–एक विकेट लिइन्।
पाँच खेलको महिला टी–२० सिरिजअन्तर्गत आज तेस्रो खेल भइरहेको छ। नेपाल यसअघिका दुबै खेलमा पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ जेठ २०७९, १४ : २९
लेखकबाट थप