काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज युगान्डासँग ट्वान्टी–२० क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेल खेल्दै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।
नेपाल आजको खेल जित्दै पहिलो खेलको हारको बदला लिन चाहन्छ । सोमबार भएको खेलमा युगान्डाले नेपाललाई १२ रनले हराएको थियो ।नेपाली महिला टोलीले घरेलु मैदानमा पहिलोपटक शृंखला खेलिरहेको छ । पाँच खेलको शृंखलामा युगान्डा १–० ले अगाडि छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, ११ : २२
लेखकबाट थप