काठमाडौं । नवौं राष्ट्रिय खेलकुद पछाडि सर्ने भएको छ। प्रतियाेगिता यही महिनाको अन्तिम साता गण्डकी प्रदेशमा हुने तय भएको थियाे।
प्रतियोगिता सुरु हुन १९ दिन मात्रै बाँकी रहँदा कुनै पनि कमिटी बनिनसकेको र टेन्डर आह्वानका लागि आवश्यक ३५ दिनको समयसीमा पनि नपुग्ने भएकाले प्रतियोगिता सर्ने पक्का भएको स्रोतले बताएकाे छ।प्रतियोगिता सर्ने भएसँगै दशैँ अगाडि सक्ने गरी नवौं राष्ट्रिय खेलकुदको मिति तय गर्ने तयारी भइरहेको छ।
नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा मात्र सार्वजनिक भएको छ। यस्तै, ३८ खेलमा प्रतिस्पर्धा गराउनेसमेत तय भइसकेकाे थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, ११ : ११
लेखकबाट थप