कपिलवस्तुमा एक किशोरको शव फेला

बुधबार, ०९ जेठ २०७५, १३ : ३०
कपिलवस्तुमा  एक किशोरको शव फेला

कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका –६ सन्डीमा आज बिहान बेवारिसे अवास्थमा एक किशोरको शव फेला परेको छ ।
चन्द्रौटा कृष्णनगर सडक खण्डको सन्डी गाउँ जाने बाटोको छेउमा कालो टिसर्ट र सेतो पाइन्ट लागएको अवस्थामा अन्दाजी १४/१५ वर्ष जस्तो देखिने किशोरको शव फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी सहायक निरीक्षक विष्णु राउतले जानकारी दिनुभयो ।

स्थानीयले किशोरको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शबको स्वास्थ्य परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाइएको प्रहरी सहायक निरीक्षक राउतले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस