यी हुन् नेकपाको केन्द्रीय कमिटीमा पर्ने १७ ‘लालजोडी’

बुधबार, ०९ जेठ २०७५, १२ : ५२
यी हुन् नेकपाको केन्द्रीय कमिटीमा पर्ने १७  ‘लालजोडी’

काठमाडौँ । एकीकृत पार्टी नेकपाको ६ आमन्त्रितसहित ४४७ जनाको केन्द्रीय सदस्यको नाम सार्वजनिक भए लगत्तै सोसल मिडियामा दुई थरी बहस भएको छ ।

पहिलो बहस छ–बधाई दिने र लिनेको ।

दोस्रो बहस छ–यो वा त्यो छुटे भनेर ।

यहीँ बहसकाबीच नेकपाको केन्द्रीय कमिटीमा चाहिँ केही परिवारमा ‘बम्पर’ उपहार परेको छ ।

परिवारैबाट धेरै सदस्य परेका त छन् नै १७ ‘लालजोडी’ पनि एकीकृत पार्टीको केन्द्रीय सदस्य भएका छन् ।
तत्कालिन एमालेबाट ४ ‘लालजोडी’ पर्दा माओवादी केन्द्रबाट चाहिँ १३ ‘लालजोडी’ को नाम केन्द्रीय कमिटीमा परेको छ ।
 
तत्कालिन एमालेका चार ‘लालजोडी’
कृष्णगोपाल श्रेष्ठ पूर्व एमालेका कार्यलय सचिव र काठमाठौ क्षेत्र नं ७ बाट  संघीय सांसद सदस्य हुन् । उनकी श्रीमति विना श्रेष्ठ पनि संघीय संसदको समानुपातिक सांसद हुन् । यी दुबै श्रीमान श्रीमति नेकपाको केन्द्रीय सदस्यमा पर्ने भाग्यमानी लालजोडी हुन् ।
त्यस्तै अर्का लालजोडी हुन्, शंकर पोख्रेल । पूर्व एमाले स्थायी समिति सदस्य तथा ५ नं प्रदेशका मुख्य मन्त्री हुन् पोखरेल । उनकी श्रीमति सुजिता शाक्य संघीय सांसद सदस्य छन् । यो जोडी पनि नेकपाको केन्द्रीय सदस्यमा पर्ने भाग्यमानी जोडीमै परेको छ ।
रघुवीर महासेठ भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री हुन् । उनकी श्रीमति जुली महतो पनि संघीय सांसद छन् । यो जोडी पनि नेकपाको केन्द्रीय सदस्यमा परेको छ ।
यस्तै अमृतकुमार बोहोरा र अष्टलक्ष्मी शाक्य पनि नेकपाको केन्द्रीय सदस्यमा पर्ने भाग्यमानी जोडीमा परेका छन् ।
 
तत्कालिन माआवादीका १३ ‘लालजोडी’
तत्कालीन माओवादीबाट १३ ‘लालजोडी’ केन्द्रीय कमिटीमा परेका छन् । जसमा हाल उर्जामन्त्री रहेका वर्षमान पुन र उनकी श्रीमती ओनसरी घर्ती नेकपाको केन्द्रीय सदस्यमा अटाएका छन् । पूर्वसभामुख घर्ती हाल संघीय सांसद छन् ।
त्यस्तै हाल वन मन्त्री रहेका शक्तिबहादुर बस्नेत र उनको श्रीमती सत्या पहाडी केन्द्रीय कमिटीमा छन् । पहाडी पनि हाल सांसद छिन् ।
त्यस्तै तत्कालिन माओवादीबाटै नेता देव गुरुङ र श्रीमती यशोदा शर्मा पनि केन्द्रीय कमिटीमा अटेका छन् । यो जोडी सांसद सदस्य पनि हुन् ।
त्यस्तै कृष्णधोज खड्का र उनको श्रीमती रेखा शर्मा पनि रहेका छन् ।
तत्कालीन माओवादीका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल र उनको श्रीमती बलावती शर्मा नेकपाको केन्द्रीय कमिटीमा पर्न सफल भएका छन् । पौडेल बाग्लुङ–२ बाट संघीय संसदका सदस्य छन् ।
त्यस्तै तत्कालीन माओवादी प्रदेश नंम्बर २ का ईन्र्चाज विश्वनाथ साह र उनको श्रीमती सीता पोख्रेल नेकपाको केन्द्रीय कमिटीमा परेकी छिन् ।
त्यस्तै पूर्वमन्त्री गणेशमान पुन र उनकी श्रीमति कमला रोका पनि केन्द्रीय सदस्य भएका छन् ।
हितमान शाक्य र अमृता थापामगर पनि नेकपाको केन्द्रीय सदस्य हुने ‘लालजोडी’मा परेका छन् ।
कुलवहादुर केसी र तारा घर्ती,
लिलामणी पोखरेल र शशी श्रेष्ठ,
सुर्यकुमार सुवेदी र ज्ञानु बस्नेत,
डीआर पौडेल र गंगा बेल्वासे तथा
दावा लामा र कुमारी मोक्ताङ पनि केन्द्रीय सदस्य हुने ‘लालजोडी’ हुन् ।

प्रतिक्रिया दिनुहोस