एक व्यक्ति १५ दिनदेखि बेपत्ता

बुधबार, ०९ जेठ २०७५, ०९ : १९
एक व्यक्ति १५ दिनदेखि बेपत्ता

राजविराज । सप्तरीको राजविराज नगरपालिका–१ बाट एक व्यक्ति विगत १५ दिनदेखि बेपत्ता भएका छन् । कुनै कामले घरबाट निस्केका स्थानीय ५२ वर्षीय विनोद झा १५ दिनदेखि बेपत्ता रहेको उनका छोरा गुञ्जन झाले बताउनुभयो । मानसिक सन्तुलन केही असामान्य भएका आफ्नो बुबालाई खोजी गरिदिनका लागि स्थानीय प्रशासन र सम्बन्धित निकायलाई छोरा गुञ्जनले आग्रह गर्नुभएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस