डर्टमन्डका हल्याण्ड सिटीमा

सफल खबर संवाददाता

बुधबार, २८ बैशाख २०७९, १३ : ०९
डर्टमन्डका हल्याण्ड सिटीमा

काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्डका स्ट्राइकर एर्लिङ हाल्यान्ड इंग्लिस क्लब म्यानचेस्टर सिटी आउने पक्का भएको छ । जारी सिजन प्रिमियर लिगको शीर्षस्थानमा रहेको सिटीले युवा फरवार्ड भित्राउने सैद्धान्तिक सहमति भएको जनाएको हो । 

सिटी र हल्यान्डबीच १ जुलाईबाट सम्झौता सुरु हुनेछ ।  नर्वेका २१ वर्षीय युवा स्ट्राइकर हाल्यान्डलाई भित्र्याउन पछिल्लो समय इंग्लिस क्लबसहित विभिन्न लिगका क्लबहरुले तयारी गरेका थिए । पछिल्लो समय अर्जेन्टिनी स्टार खेलाडी सर्जियो अग्युइरोले क्लब छाडेयता सिटीले मुख्य फरवार्ड पाउन सकेको छैन । जहाँ हल्यान्डले अग्युइरोको स्थान लिन सक्ने अनुमान गरिएको छ । 

हल्यान्डले बोरुसिया डर्टमन्डबाट ८८ खेलमा ८५ गोल गरेका गरेका छन् । जारी लिगमा सिटी तीन खेल बाँकी रहँदा शीर्षस्थानमा छ भने च्याम्पियन्स लिगबाट भने बाहिरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस