काठमाडाैँ । भारोत्तोलनतर्फ १३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरीको शव गृहजिल्ला नेपालगञ्ज पठाइने भएको छ।
सञ्जुकाे शव गृहनगर पठाउने नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ (बोस)ले जानकारी दिए।त्यसअघि घरेलु भूमिमा भएको १३औँ सागमा भारोत्तोलनतर्फ ऐतिहासिक स्वर्ण पदक जितेकी सञ्जुकाे शव राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिषद्मा राखिने श्रेष्ठले बताए।
‘केही समय हामीले राखेपमा सानो कार्यक्रम राखेका छौँ। लगत्तै शवलाई नेपालगञ्ज पठाउँछौँ,’ श्रेष्ठले भने।अहिले सञ्जुको शव पाटन अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ।यसअघि मंगलबार बिहान ललितपुरस्थित लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा सञ्जु मृत अवस्थामा भेटिएकी थिइन् ।
अघिल्लो रात प्रशिक्षक महर्जनको घरमा पार्टी गरेर साथीहरूसँग रमाएकी सञ्जु बिहान एक्कासि कोठामा झुण्डिएको अवस्थामा भेटिएकी श्रेष्ठले बताए ।सञ्जु सागमा भारोत्तोलनतर्फ स्वर्ण पदक जित्ने पहिलो खेलाडी हुन् ।
२४ वर्षीय सञ्जु हाल चीनमा हुने १९औँ एसियाली खेलकुदको तयारीमा थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ बैशाख २०७९, १४ : ५३
लेखकबाट थप