बैंकमा जम्मा गर्न लगेको एक्काइस लाख रुपैयाँ लिएर कर्मचारी फरार

आइतबार, ०६ जेठ २०७५, २१ : १०
बैंकमा जम्मा गर्न लगेको एक्काइस लाख रुपैयाँ लिएर कर्मचारी फरार

चितवन । बैंकमा जम्मा गर्न भनी अफिसबाट लगेको २१ लाख रुपैयाँ लिएर एक जना कर्मचारी फरार भएका छन् । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको विश्वास एण्ड कम्पनीबाट बैंकमा जम्मा गर्न भनी लगेको रकम लिएर गैंडाकोट घर भएका अर्जुन ढकाल फरार भएका हुन् ।
विश्वास एण्ड कम्पनीका सञ्चालक उत्सव श्रेष्ठका अनुसार कम्पनीमा मार्केटिङको काम गर्ने ढकालले आइतबार दिउँसो नारायणगढस्थित एसबीआई बैंकमा रकम जम्मा गर्न भनी गएका थिए । साँझसम्म उनको अत्तोपत्तो नभएपछि कम्पनीले प्रहरीमा उजुरी गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले नगद लिएर फरार व्यक्तिको खोजी कार्य भइरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस