तत्कालीन माओवादी केन्द्रले नेकपाको स्थायी र केन्द्रीय समिति सदस्यहरु आज टुंगाउने

आइतबार, ०६ जेठ २०७५, १० : ३४
तत्कालीन माओवादी केन्द्रले नेकपाको स्थायी र केन्द्रीय समिति सदस्यहरु आज टुंगाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थायी र केन्द्रीय कमिटीमा आफ्नो तर्फबाट रहने नेताको नामावली टुंगाउने गृहकार्यमा तत्कालीन एमाले र माओवादी केन्द्रका नेताहरु जुटेका छन् । पार्टी घोषणा पश्चात आ–आफ्नो भागमा परेको संख्याभित्र रहेर नामावली छनोट गर्न नेताहरु गृहकार्यमा लागेका हुन् । तत्कालिन माओवादीले आज ती नाम टुंगाउने भएको छ ।

तत्कालिन माओवादीले आज दिउँसोसम्ममा स्थायी र केन्द्रीय कमिटीमा रहने नेताहरुको नामावली टुंगाउने  एक नेताले बताए । नेपाल कम्युनिष्ट पार्टीमा ४५ स्थायी र ४ सय ४१ सदस्यीय केन्द्रय कमिटी रहने छ । तत्कालिन एमालेलाई २५ स्थायी र २ सय ४१ केन्द्रीय सदस्य छ भने तत्कालिन माओवादीलाई १९ स्थायी र २ सय केन्द्रीय सदस्य भागमा परेको छ । यसअघि ९ सदस्यीय सचिवालय बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस