गुण्डा गर्दी नियन्त्रण पहिलो प्रथामिकता : एसपी राठौर

शनिबार, ०५ जेठ २०७५, १६ : ३६
गुण्डा गर्दी नियन्त्रण पहिलो प्रथामिकता  : एसपी राठौर

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशिल राठौरले गुण्डागर्दी नियन्त्रणका लागि विषेश संयन्त्र परिचालन गरिने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा पत्रकारहरुसगँ कुराकानी गर्नु हुदै प्रहरी उपरिक्ष राठौरले गुण्डागर्दी नियन्त्रण गर्न अन दल स्र्पोट कारबाही गर्ने कानूनी अधिकार सहितका विशेष प्रहरी टोली परिचालन गरिने बताउनुभयो । 

अपराध नियन्त्रण,अनुसन्धान र जिल्लाको सुरक्षा मजबुत बनाउन सधै आफु लागि पर्ने उपरिक्षक राठौरको भनाई छ । प्रहरीले निष्पक्ष रुपमा जनताको काम छिटो छरितो गर्ने प्रविधीमैत्री प्रहरी अनुसन्धान, प्रहरी हाम्रो टोलमा र प्रहरी मेरो साथी अभियानको निरन्तरता, ट्राफिक नियम पालनामा बृद्धी,भन्सार चोरी पैठारीमा, चन्दा आतंक, टेलीफोन धम्की जस्ता जघन्य अपराध गर्नेलाई कडा भन्दा कडा कारबही गरिने जानकारी दिनुभयो । जिल्लामा रहेका अवैध तथा साना हातहतियार ,विष्फोटक पदार्थलाई खोजी गर्ने तथा नियन्त्रण गर्न विषेश टोली परिचालन गरिने बताउनुभयो । चितवनमा अवैध हातहतियारको बिगबिगि बढेको सुनेको छु ,उहाँले भन्नुभयो ,“साना हातहतियारलाई विशेष टोली परिचालन नियन्त्रण गरिने छ । साना हात हतियारले अपराधमा बढावा दिएको छ ।”

यस्तै जिल्लाको शान्ति सुरक्षाको लागि लागुऔषध ,घरेलु मदिरा तथा अपराध घट्न नदिन विषेश रणनीतिका साथ अगाडी बढ्ने उहाँको भनाई छ । प्रहरीको सक्रियताकै कारण कालोबजारी,भूमाफिया र दलालहरुको समेत अन्त्य हुँदै गइरहेको बताउनुभयो । 


 

प्रतिक्रिया दिनुहोस