चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाटमा आज ट्रक र कार एक–आपसमा ठक्कर खाँदा चारजना गम्भीर घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग २ च ४७६ नं को कार विपरीत दिसाबाट आउँदै गरेको ना ४ ख २२०२ नं को ट्रक एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेमा कार चालक गोरखा नगरपालिका–९ ठिम्रेस्वारा गोरखाका २२ वर्षीय विनोद श्रेष्ठ, २६ वर्षीय सुरज कुँवर, २२ वर्षीय अञ्जन कुँवर र ललितपुरका ३३ वर्षीय मीन शाक्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेहरुको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेकोे छ । गम्भीर घाइते सुरज कुँवरलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँंतर्फ लाने तयारी गरिएको छ ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस