लोपोन्मुख अजिङ्गर फेला

शनिबार, ०५ जेठ २०७५, १६ : ०२
लोपोन्मुख अजिङ्गर फेला

तस्बिर : फाइल फोटो

कञ्चनपुर । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरमा आज लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । चितौरा खोला नजिकको बाँसघारीमा फेला परेको अजिङ्गर पाँच फिटभन्दा बढी लम्बाइको रहेको छ । वयस्क अजिङ्गर देखा परेपछि स्थानीय बासिन्दाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अर्जुनीमा खबर गरेपछि निकुञ्जका कर्मचारीले सो अजिङ्गरको उद्धार गरेका छन् ।

उद्धार गरएको अजिङ्गरलाई निकुञ्जको सुरक्षित स्थानमा छाडिएको सेक्टर कार्यालय अर्जुनीका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले बताउनुभयो । अजिङ्गर निकुञ्जबाट आहाराको खोजीमा सनबोरा नदी हँुदै त्यस क्षेत्रमा पुगेको हुनसक्ने अनुमान गरिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस