विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

शुक्रबार, ०४ जेठ २०७५, १४ : २४
विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ  ।
गृहमन्त्री रामबहादुर थापाले बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि सांसद कृष्णभक्त पोखरेलले आफ्नो धारणा राख्नुभएको थियो  । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ७ गते १५ः३० बजे बस्नेछ ।  (रासस)

प्रतिक्रिया दिनुहोस