पार्टी कार्यलय अवलोकनका लागि ओली र प्रचण्ड आज पेरिसडाँडा जाँदै

शुक्रबार, ०४ जेठ २०७५, १२ : ३७
पार्टी कार्यलय अवलोकनका लागि ओली र प्रचण्ड आज पेरिसडाँडा जाँदै

काठमाडौं  । एकीकृत पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड आज पेरिसडाँडा जाने भएका छन् । एकीकृत पार्टीका दुई अध्यक्ष पार्टी कार्यलय अवलोकनका लागि चार बजे त्यहाँ जान लागेका हुन् ।

एकीकृत पार्टीका केन्द्रीय सदस्यसमेत रहेका पेरिसडाँडा कार्यलयका सचिव डोरप्रसाद उपाध्यायले दुवै अध्यक्षले पार्टी कार्यलय अवलोकन र निर्देशन दिने कार्यक्रम रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस