एमाले-माओवादी केन्द्रको संयुक्त केन्द्रीय समिति बैठक सुरु

विहीबार, ०३ जेठ २०७५, १६ : ४४
एमाले-माओवादी केन्द्रको संयुक्त केन्द्रीय समिति बैठक सुरु

फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र माओवादी केन्द्रको संयुक्त केन्द्रीय समितिको बैठक बसेको छ । बैठकमा एकता प्रक्रियाका बारेमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले जानकारी गराउने कार्यक्रम रहेको छ । सो बैठकमा दुवै पार्टी विघटन भएको र नयाँ पार्टी गठन गरिएको जानकारी दिइने सचिव योगेस भट्टराईले बताउनुभयो ।
दुबै पार्टीले आज मात्रै एकता प्रक्रियालाई अन्तिम रुप दिने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस