नेकपाको स्थायी कमिटी सदस्य संख्या थप, शीर्ष ९ नेताको वरीयता टुंगो, महासचिव विष्णु पौडेल

विहीबार, ०३ जेठ २०७५, १६ : २७
नेकपाको स्थायी कमिटी सदस्य संख्या थप,  शीर्ष ९ नेताको वरीयता टुंगो, महासचिव विष्णु पौडेल

काठमाडौं  । नेकपा एमाले र माओवादी  केन्द्रबीच  बन्ने नयाँ पार्टीको स्थायी कमिटी सदस्य संख्या थप गरिएको छ । एमाले र माओवादीका १–१ जना सदस्य थप गरेर ४५ सदस्सीय बनाइएको छ । जसअनुसार एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ सदस्य रहनेछन् ।
यसैबीच  शीर्ष ९ नेताको वरीयता टुंगो लागेको छ । वरीयताको  शीर्ष स्थानमा प्रधानमन्त्री केपी शर्मा ओली रहनेछन् । दोस्रो वरीयतामा पुष्पकमल दाहाल, तेस्रोमा झलनाथ खनाल, चौथोमा माधव कुमार नेपाल रहनेछन् ।  त्यसपछि वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल रहेका छन् ।
नेकपा एमालेका यागेश भट्टराईका अनुसार पार्टीको महासचिवमा विष्णु पौडेल रहनेछन् भने प्रवक्ता नारायणकाजी श्रेष्ठ रहनेछन् ।

 

प्रतिक्रिया दिनुहोस