एकता संयोजन समिति बैठक शुरु

विहीबार, ०३ जेठ २०७५, १२ : ३१
एकता संयोजन समिति बैठक शुरु

फाइल तस्बिर

काठमाडौँ । आज साँझसम्ममा हुने पार्टी एकता घोषणा प्रक्रियालाई अन्तिम रुप दिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । पार्टी एकता गर्नुपूर्व संयुक्त विधान, राजनीतिक दस्तावेज र केन्द्रीय कमिटी निर्धारण गरी निर्वाचन आयोगमा दर्ता गर्ने र पत्रकार सम्मेलनमार्फत एकता घोषणा गर्ने विषयमा बैठक केन्द्रित रहेको बुझिएको छ ।

यसैबीच प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकअघि बालुवाटारमा संयुक्त वृक्षरोपण गर्नुभएको छ । पार्टी एकता दिगो र चिरस्थायी होस् भन्ने कामना र सन्देशका लागि जापानबाट ल्याइएको ऐतिहासिक बिरुवा जिन्को वाइलोवा तथा नेपालमा पाइने आँप, समी, कपुर, अम्बा र एबोगाडो बिरुवा रोपिएको थियो ।

जिन्को वाइलोवा एटमबम प्रहारबाट पनि केही असर नपरेको बिरुवा मानिन्छ । एकता संयोजन समितिको बैठक सम्पन्न भएपछि बस्ने एमाले केन्द्रीय कमिटीको आकष्मिक बैठकका लागि बालुवाटारमा नेताहरु आउने क्रम जारी छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस