नेपाली कांग्रेस अब हाम्रो प्रतिष्पर्धी होइन : प्रधानमन्त्री ओली

विहीबार, ०३ जेठ २०७५, ११ : ३१
नेपाली कांग्रेस अब हाम्रो प्रतिष्पर्धी होइन : प्रधानमन्त्री  ओली

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस अब प्रतिष्पर्धी नभएको बताएका छन् । मदन भण्डारी र जीवराज अश्रितको २५औँ स्मृति दिवसको अवसरमा भएको कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसलाई पनि आफूहरुले सँगै लिएर अघि बढ्ने बताए ।

प्रधानमन्त्री ओलीले भने 'कम्युनिष्ट एक भए भने देशमा अधिनायकवाद आउँछ भनेर केही केही साथीहरूले भनेका थिए', उनले भने, 'तर हामी शासन गर्न एक भएका होइनौँ । विकास गर्न एक भएका हौँ । हामी भ्रष्टाचार अन्त्य गर्न एक भएका हौँ ।'

“आज ५० साल होइन, मदन–आश्रितको दुखद निधन भएको २५ वर्ष बितिसकेको छ । उहाँले लिएको सानो गोरेटो अब ६ लेनको बाटोमा अघि जाँदैछ । पार्टी कहिले मिल्छन् कहिले फुट्छन् मात्रै होइन । यो मिले भन्ने मात्रै विषय होइन । नेपालको राजनीतिलाई नेपालको वर्तमान, भविष्य, अर्थतन्त्र, संस्कृतिलाई अनेक कोणबाट प्रभावित गर्छ । यसको दुरगामी महत्व छ । कसका सदस्य कति छन् मात्रै होइन । आज हामीले  नेपालको भविष्य दर्ता गर्दैछौं । यो चानेचुने कुरा होइन ।”

आजै पार्टी एकता हुने भन्दै उनले कार्यतालिका समेत सुनाए । उनले भने,' आज हामी एकता कै काममा लाग्छौँ । यहाँबाट गएपछि लगत्तै एकता संयोजन समितिको बैठक छ । त्यसपछि दुवै पार्टीको केन्द्रीय समितिको बैठक बस्छ । अनि हामी निर्वाचन आयोगमा पार्टी दर्ताका लागि जान्छौँ । त्यसपछि दुवै पार्टीको केन्द्रीय समिति बस्छ र पार्टी एकता हुन्छ ।'

 

 

 

प्रतिक्रिया दिनुहोस