एमाले-माओवादीलाई बाबुरामको प्रश्न : के वानरहरू पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ?

विहीबार, ०३ जेठ २०७५, ११ : ०६
एमाले-माओवादीलाई बाबुरामको प्रश्न : के वानरहरू पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ?

काठमाडौं ।  नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले एमाले र माओवादी बीच एकता हुँदै गर्दा केहि प्रश्नहरु अनुत्तरित रहेको बताएका छन् ।

उनले दुई पार्टी एकताबारे ट्वीट गर्दै प्रश्न गरेका छन्, ‘के वानरहरू पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ?’ एमाले र माओवादीले  सर्वहारा अधिनायकत्व नै छाडेडिसकेकाले कम्युनिष्ट नाममा मोह दर्शाउनु बेकार भएकाे उनकाे तर्क छ ।

उनले गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुइ हुने भएपनि  माइनस एकको मूल्य धेरै कि माइनस दुइको मूल्य धेरै हो भन्ने कुरा मूख्य भएको बताएका छन् ।

 माओवादी जनयुद्धका एक डिजाइनर मानिने भट्टराईले संविधानसभाबाट संविधान जारी भएपछि माओवादीबाट बाहिरिएर नयाँ नयाँ शक्ति पार्टी गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस