करेन्ट लागेर महिलाको मृत्यु

विहीबार, ०३ जेठ २०७५, ०८ : ०६
करेन्ट लागेर महिलाको मृत्यु

मोरङ । मोरङको रंगेली नगरपालिका–१ बबियाविर्ता बस्ने ४० वर्षीया नहेनश्वरी राजवंशीको सिटीसफारी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । बुधबार साँझ रिक्साको ब्याट्री चार्ज गर्न खोज्दा करेन्ट लागेर घाइते भएकी नहेनश्वरीलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
करेन्ट लागेर सोही ठाउँकी ३५ वर्षीया कुस्मी राजवंशी घाइते भएकी छन् । घाइते महिलाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस