दुई करोड ६० लाख नक्कली नोटसहित छजना पक्राउ

बुधबार, ०२ जेठ २०७५, १९ : २६
दुई करोड ६० लाख नक्कली नोटसहित छजना पक्राउ

काठमाडौँ । प्रहरीले रु दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र छ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस