यस्तो रह्यो ओली-प्रचण्ड वान टु वान वार्ताको निर्णय

बुधबार, ०२ जेठ २०७५, १२ : ४८
यस्तो रह्यो ओली-प्रचण्ड वान टु वान वार्ताको निर्णय

काठमाडौं । पार्टी एकताबारे एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त छलफलले बिहीबार बिहान पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए । भोलि बस्ने कार्यदलको बैठकले आवश्यक निर्णय लिने सहमति भएको उनले बताए ।

यस्तै, आजै अपराह्न ४ बजे एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठकमा पार्टी एकताको जारी प्रक्रिया नै मुख्य एजेन्डा रहेको सचिव योगेश भट्टराईले जानकारी दिए ।  माओवादी केन्द्रको पनि केन्द्रीय कार्यालय बैठक बस्ने तयारी भइरहेको प्रचण्डले सचिवालयले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस