अपडेटः मकालु एयरको विमान बाजुरामा भेटिएको सूचना गलत, विमान अझै सम्पर्कविहीन

बुधबार, ०२ जेठ २०७५, १० : २७
अपडेटः मकालु एयरको विमान बाजुरामा भेटिएको सूचना गलत, विमान अझै सम्पर्कविहीन


सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट उडेको मकालु एयरको सम्पर्कविहीन भएको जहाज अझै भटिएको छैन् ।
यसअघि विमान बाजुरामा भेटिएको खबर आएको थियो । तर, यो सूचना गलत भएको पाइएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

९ एनएजेयु कलसाइन भएको उक्त जहाज  बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट हुम्ला सदरमुकाम सिमकोटको लागि  उडेको थियो । जहाजमा पाइलट किरण भट्टराई र को-पाइलट आदित्य नेपाली रहेको थिए  थिए । सो विमान नौ सिटे रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस