सम्पर्कविहीन मकालु एयरको जहाज नदी किनारामा आपतकालीन अवातरण

बुधबार, ०२ जेठ २०७५, ०९ : १३
सम्पर्कविहीन  मकालु एयरको  जहाज  नदी किनारामा आपतकालीन अवातरण

चितवन । सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट उडेको मकालु एयरकोसम्पर्कविहीन भएको जहाज बाजुरामा भेटिएको छ ।
बाजुराको एक नदी किनारामा आपतकालीन अवातरण गरिएको  छ  । ९ एनएजेयु कलसाइन भएको उक्त जहाजमा चालक दलका दुई जना सकुसल रहेको  त्रिभुवन विमानस्थल श्रोतले जनाएको छ  ।

जहाज  बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट हुम्ला सदरमुकाम सिमकोटको लागि  उडेको थियो । जहाजमा पाइलट किरण भट्टराई र को-पाइलट आदित्य नेपाली रहेको थिए  थिए । सो विमान नौ सिटे रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस