टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट

दीपेन्द्रसिंह ऐरीकाे किर्तीमानी, पूरा गरे एक हजार रन

सफल खबर संवाददाता

सोमबार, २१ चैत्र २०७८, १३ : ५२
दीपेन्द्रसिंह ऐरीकाे किर्तीमानी, पूरा गरे एक हजार रन

काठमाडौँ । नेपालका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । 

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि सोमबार टीयु क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध  टस हारेर ब्याटिङमा उत्रेका दीपेन्द्रले २१ रन बनाउँदै एक हजार रन पूरा गरेका हुन् । उनी नेपालबाट टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा  एक हजार रन पूरा गर्ने पहिलो खेलाडीसमेत बनेका छन् । 

दीपेन्द्रले ३९ खेलमा एक सतक र ४ अर्धसतकसहित १००० रन जोडेका हुन् । उनले जारी प्रतियोगितामै मलेसियाविरुद्ध नेपाली टि२० क्रिकेट इतिहासकै उत्कृष्ट शतक प्रहार गरेका थिए । दीपेन्द्रले टि२० आईमा २०१८ मा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरेका थिए । 

नेपालका लागि टी-२० क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानमा ७ सय ९९ रनसहित पारस खड्का दोस्रो, ७ सय ४८ रनसहित ज्ञानेन्द्र मल्ल तेस्रो र ५ सय ७३ रनसहित कुशल भुर्तेल चौथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस