काठमाडौ । त्रिकोणात्मक ट्वान्टी २० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा शनिबार मलेसियाले नेपालको सामना गर्दैछ।कीर्तिपुरस्थित टीयु मैदानमा मलेसियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ।
खेलमा नेपालले एक परिवर्तन गरेको छ। सोमपाल कामीलाई आराम दिँदै कमलसिंह ऐरीलाई सुरुवाती एघारमा स्थान दिइएको छ। आजको खेलमा पराजित भए मलेसिया फाइनल खेल्नबाट बन्चित हुनेछ।नेपाल तीन खेलमा ६ अंक जोड्दै यसअघि नै फाइनल प्रवेश गसिसकेको छ। नेपाल र मलेसियाबीचको खेलले फाइनल प्रवेश गर्ने अर्को टोलीको टुङ्गो लगाउने छ।
नेपालले मलेसियालाई हराए पपुवा न्युगिनी (पीएनजी) फाइनल प्रवेश गर्नेछ। नेपाललाई हराएमा भने मलेसिया फाइनल प्रवेश गर्नेछ। फाइनल खेल सोमबार हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ चैत्र २०७८, १२ : ५६
लेखकबाट थप