काठमाडौं । देव खनाल र दीपेन्द्र सिंह ऐरीले पपुवा न्यु गिनीविरुद्ध कीर्तिमानी शतकीय साझेदारी गरेका छन् । कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा देव र दीपेन्द्रले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे ।
पाँच रन हुँदा दुवै ओपनरलाई गुमाएको नेपालको इनिङ्स देव र दीपेन्दरले सम्हालेका थिए । देव र दीपेन्द्रले ओडीआईमा नेपालका लागि पहिलो अर्धशतकसमेत बनाइसकेका छन् ।यी दुईले शतकीय साझेदारी गर्दै नेपालको इनिङ्सलाई अघि बढाइरहेका छन् ।
तेस्रो विकेटका लागि यसअघि ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले २०२१ मा पीएनजीविरुद्ध नै ८९ रनको साझेदारी गरेका थिए । देव र दीपेन्द्रले त्यो कीर्तिमान तोडिसकेका छन् ।यसअघि नेपालका लागि रोहित पौडेल र आरिफ शेखको नाममा रहेको सर्वाधिक १०४ रनको साझेदारीको कीर्तिमान समेत तोडिसकेका छन् ।
देव र दीपेन्द्र अहिले १२६ रनको साझेदारी गर्दै ब्याटिङ गरिरहेका छन् । नेपालले २९ ओभर खेल्दा २ विकेट गुमाएर १३१ रन बनाएको छ । देव ७१ र दीपेन्द्र ५३ रन बनाएर खेलिरहेका छन् ।तेस्रो विकेटका लागि १२९ रनको साझेदारी पछि देव खनाल आउट भएका छन् । देवले ८६ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ चैत्र २०७८, ११ : ३५
लेखकबाट थप