यू–१८ महिला साफ: नेपाल जित विहीन

सफल खबर संवाददाता

विहीबार, १० चैत्र २०७८, १५ : ५३
यू–१८ महिला साफ: नेपाल जित विहीन

काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल जित विहीन बनेको छ । प्रतियोगितामा चार खेल खेल्दा नेपालले एक खेलमा पनि जित निकाल्न सकेन । जित विहीन नेपालको प्रदर्शन पनि सम्झन लायक रहेन । उसो त प्रतियोगितामा नेपालले सहभागिता जनाउनु पहिले नै नेपालका प्रशिक्षक दर्शन भक्तराजलवटले घरेलु टोली भारत र अर्को टोली बङ्गलादेशसँग खेल्न कठिन हुने बताइ सहेका थिए । 

उमेर समूहका प्रतियोगिता कमै खेलेका खेलाडीहरू टिममा थिए । त्यसमा विभागीय टोलीमा अवसर पाएका केही खेलाडीहरू मुख्य भूमिकामा थिए । विभागीय टोली एपीएफबाट खेल्ने प्रीति आलेले कप्तानको जिम्मेवारी पाएकी थिइन् । 

अन्य केही खेलाडी प्रदेश लिग खेलेका थिए । छोटो तयारी र कमै म्याच एक्सपोजरले नेपाली टोलीलाई साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा सहभागितामा मात्र सीमित गरायो । नेपाली टोलीका प्रशिक्षक दर्शन खेलअघि भने नेपाल निकै बलियो टोली भएको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस