काठमाडौं । अघिल्ला दुई खेलमा पराजित नेपाल यू–१८ महिला साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा सोमबार घरेलु टोली भारतको सामना गर्दै छ । जमसेदपुरमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ ।
प्रिती राईको कप्तानीमा रहेको नेपाल भारतलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्न चाहन्छ ।तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न भने नेपाललाई सहज छैन । पहिलो भेटमा नेपाल भारतसँग ७-० अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपाल बंगलादेशसंग ४-२ अन्तरले पराजित भएको थियो ।
तीन राष्ट्र सहभागी डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपकोमा भारत दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट बंगलादेशको तीन अंक रहँदा नेपाल भने विना अंक पुछारमा छ ।
च्याम्पियनसिपमा नेपालले अंक जोड्न सकेको छैन । दुई खेलमा अंकविहीन नेपाल पुछारमा रहेको छ । तालिकाको शीर्ष टोलीले उपाधि जित्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ चैत्र २०७८, १२ : ११
लेखकबाट थप