काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा सरस्वती युथ क्लब र श्री कुमारी क्लबले बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुवै टोली १-१ को बराबरीमा रोकिएका हुन्।
खेलको ४४ औं मिनेटमा विपिन मगरको गोलबाट श्री कुमारीले अग्रता लिएको थियो । ८६ औं मिनेटमा सनम धिमालले गोल गर्दै सरस्वतीलाई १-१ को बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बनेका हुन् ।
यो बराबरीसँग ६ खेलबाट १२ अंक जोडेको सरस्वती तालिकाको शीर्ष स्थानमा उक्लिँदा समान खेलबाट ६ अंकका साथ श्री कुमारी नवौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ चैत्र २०७८, १२ : १६
लेखकबाट थप