चितवन । फुटबल क्लब एफसी चितवनले रूकीहण्ट संचालन गर्ने भएको छ । आइएमई ग्रुपले शुक्रबार विज्ञप्ति जारी गर्दै एफसी चितवनले आगामी आइतवार नारायणगढमा रूकीहण्ट (ट्यालेन्टक्याम्प; खेलाडी छनोट) कार्यक्रम गर्ने जनाएको हो ।
नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिताको प्रतिष्पर्धासमेत रहेको एफसीले होम ग्राउण्डको महत्वपूर्ण प्रतिनिधित्व गर्नको लागि कार्यक्रमको आयोजना गर्न लागिएको जनाएको हो । प्रतियोगितामा २३ वर्ष नपुगेका खेलाडीहरूले भाग लिन पाउने आइएमई ग्रुपले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरूले राष्ट्रिय स्तरको लिग प्रतियोगिता खेलेको हुनु पर्ने छैन । प्रतियोगिताबाट छनोट भएको एक जना खेलाडीले एनएसएलमा चितवनबाट खेल्न पाउने छन् । एफसी चितवन आइएमई ग्रुपअन्तर्गत संचालित गेम अन फुटबल क्लब हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ चैत्र २०७८, १८ : ०६
लेखकबाट थप