काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत शुक्रबारको पहिलो खेलमा नयाँबस्ती युथ क्लबले राेमाञ्चक जित हासिल गरेकाे छ । उसले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक गाेलले पछि परेकेा अवस्थालाई उल्टाउँदै सामाजिक युथ क्लबमाथि २-१ को जित हात पारेकाे हाे ।
खेलको नवौं मिनेटमा सुरेश खत्रीको गोलबाट सामाजिकले अग्रता लिएको थियो । ५८ औं मिनेटमा रमेश तामाङले पेनाल्टीमार्फत् गाेल गरी नयाँबस्तीलाई १-१ काे बराबरीमा ल्याए।७५ औं मिनेटमा जीवन मगरले गाेल गरेपछि नयाँ बस्तीले जित निकालेकाे हाे ।
यो जितसँगै नयाँबस्तीले ६ खेलमा १० अंक जाेड्दा पराजित सामाजिककाे समान खेलबाट ४ अंक छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ चैत्र २०७८, १३ : ३३
लेखकबाट थप