काठमाडौं । इंग्लिस क्लब चेल्सी किन्नका लागि रिकार्डो सिल्भाको नेतृत्वमा रहेको लगानी ग्रुप एथेल पार्टनर्सले बोलपत्र पेस गरेको छ । चेल्सीका लागि एथेलले २ बिलियन पाउण्डको प्रस्ताव गरेको बताइएको छ ।
यस्तै, एथेलले क्लबको वित्तीय समस्याहरू कम गर्न र स्ट्यामफोर्ड ब्रिजको पुन: निर्माणका लागि ५० मिलियन पाउण्ड तत्काल उपलब्ध गराउने प्रस्ताव गरेको जनाइएको छ ।रुसले युक्रेनमाथि आक्रमण गरेपछि चेल्सीका मालिक तथा रसियन अर्बपति रोमन अब्रामोविचले तीन साताअघि क्लब बेच्ने घोषणा गरेका थिए ।
क्लबको हितलाई ध्यानमा राखेर चेल्सी बेच्ने निर्णय गरेको बताएका रोमनले २००४ मा लण्डन क्लब चेल्सी किनेका थिए । रोमन इन्भेस्टर भिसामा बेलायत बस्दै आएका थिए । हाल बेलायत सरकारले उनीमाथि प्रतिबन्ध लगाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ चैत्र २०७८, १२ : ४६
लेखकबाट थप