काठमाडौं । भारतको जमसेदपुमा जारी साफ यु–१८ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो पराजय बेहोरेको छ ।
नेपाल आज सम्पन्न खेलमा साविक विजेता बंगलादेशसँग ४–२ ले पराजित भएको हो । खेलको पहिलो मिनेटमै अफिदा खानदकेरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् ।
३०औँ मिनेटमा दीपा शाहीले गोल गरेपछि नेपाल १–१ को बराबरीमा आएको थियो । ३३औँ मिनेटमा अक्मिला खातुनले गोल गर्दै बगंलादेशलाई २९१ को अग्रता दिलाइन् ।
३४औँ मिनेटमा इति खातुनले गोल गरेपछि बंगलादेश ३–१ ले अघि बढ्यो । ४३औँ मिनेटमा साहदा अख्तर रिपाले गोल गर्दा बंगलादेशले पहिलो हाफमा ४–१ को आरामदायी अग्रता बनायो ।
दोस्रो हाफको थप गरिएको समयमा अमिशा कार्कीले गोल गरे पनि नेपाल ४–२ ले पराजित हुन पुग्यो ।यो जितसँगै सुखद् सुरूवात गरेको बंगलादेशले ३ अंक जोड्दा लगातार दोस्रो पराजय बेहोरेको नेपाल अंकविह्रीन छ ।
डबल राउन्ड रोबिनका आधारमा सञ्चालित प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक भारतसँग ७–० को फराकिलो हार बेहोरेको थियो ।तेस्रो खेलमा नेपालले चैत ६ गते भारतको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ चैत्र २०७८, २१ : ५१
लेखकबाट थप