आईसीसी महिला विश्वकप : वेष्ट इण्डिजविरुद्ध भारतको १ सय ५५ रनको जित

सफल खबर संवाददाता

शनिबार, २८ फागुन २०७८, १५ : २५
आईसीसी महिला विश्वकप : वेष्ट इण्डिजविरुद्ध भारतको १ सय ५५ रनको जित

काठमाडौं । आईसीसी महिला एक दिवसीय विश्वकपमा भारतले वेष्ट इण्डिजविरुद्ध फराकिलो जित हात पारेको छ । शनिबार भएको खेलमा भारतले वेष्ट इण्डिजलाई १ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

३ सय १८ रनको फराकिलो लक्ष्य पछ्याएको वेष्ट इण्डिज ४० ओभर ३ बलमा मात्र १ सय ६२ रन बनाउँदा अल आउट भयो ।भारतको शानदार जितमा स्नेह रानाले ३ तथा मेघ्ना सिंहले २ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतका दुई ब्याटरले शतक प्रहार गर्दै ३ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।भारतकी स्मृति मंदानाले १ सय २३ तथा हर्मनप्रितकुर ले १ सय ९ रनको शतकीय इनिङ खेले । वेष्ट इण्डिजकी अनिसा मोहमदले भारतको २ विकेट हात हात पारिन् ।

जितसँगै भारत ३ खेलमा २ जित निकाल्दै ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।यस्तै वेष्ट इण्डिज समेत ३ खेलमा २ जित निकाल्दा ४ अंक रहेपनि नेट रनरेटको आधारमा पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस