युक्रेनमाथि रुसी अक्रमणको विरोधमा युरोपियन क्लब

एजेन्सी

शुक्रबार, १३ फागुन २०७८, १३ : ००
युक्रेनमाथि रुसी अक्रमणको विरोधमा युरोपियन क्लब

काठमाडौं । पछिल्लो समय विवाद बढ्दै गएपछि रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरिसकेको छ । यसको विभिन्न क्षेत्रबाट विरोध भइरहँदा खेलकुद क्षेत्र पनि विरोधमा समावेश भएको छ ।

रुसको आक्रमणपछि युरोपियन क्लब, खेलाडी र समर्थकले रुसको विरोध गर्दै युक्रेनको समर्थन स्वरूप विभिन्न कदम उठाएका हुन् । इटालियन क्लब एट्लान्टाका युक्रेनी स्ट्राइकर रुस्लान मालिनोभास्कीले युरोपा लिग अन्तर्गत ओलम्पियाकोसविरुद्धकको खेलपछि ‘युक्रेनमा युद्द नगरौँ’ लेखिएको टिसर्ट प्रदर्शन गरेका थिए । उनले यो खेलमा २ गोल गरे ।  

युरो लिग अन्तर्गत आज बिहान सम्पन्न बार्सिलोना र नापोलीबीचको खेलपछि दुबै क्लबका खेलाडीले ‘युद्द रोक्नुहोस्’ लेखिएको ब्यानर प्रदर्शन गरे ।युरोप लिग अन्तर्गत नै रुसी क्लब जेनिथ सेन्ट पिटर्सवर्ग र रियल बेटिसविरुद्धको खेलमा स्पेनिस क्लबका समर्थकले युक्रेनी झण्डा देखाएका थिए ।

रुसले युक्रेनमाथि बिहीबारबाट आक्रमण सुरु गरेको हो । जसको विश्वभर विरोध भइरहेको छ । रुसले देशका विभिन्न भागमा आज पनि आक्रमण गरिरहेको विवरण प्राप्त भएको छ। क्षतिको यकिन तथ्य भने आइसकेको छैन ।
 

प्रतिक्रिया दिनुहोस