काठमाडौं । विश्व नम्बर एक अस्लेग बार्टीले वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको उपाधि जितेकी छन् ।
शनिबार मेलबर्न पार्कमा भएको फाइनल खेलमा अमेरिकी खेलाडी ड्यानियल कोलिन्सलाई ६–३, ७–६ ९७–२० को सोझो सेटमा पराजित गर्दै बार्टीले पहिलोपटक अष्ट्रेलियन ओपनको उपाधि जितेकी हुन् ।
बार्टी पहिलोपटक अष्ट्रेलियन ओपनमा सिङ्गल्सको फाइनल पुगेर उपाधि जितेकी हुन् । यसअघि सन् २०१३मा उनी डबल्सको फाइनल पुगेर हारेकी थिइन् । कोलिन्स भने पहिलोपटक ग्राण्डस्लामको फाइनल पुगेकी हुन् । यसअघि एक सेट पनि नगुमाइ फाइनल पुगेकी बार्टीले विम्बलडन र फ्रेन्च ओपन जितिसकेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ माघ २०७८, १६ : ३३
लेखकबाट थप