एजेन्सी । दुबईमा जारी टी–२० विश्वकप क्रिकेटमा भारत पाकिस्तानसँग पराजित भएको छ । सुपर १२ को खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको जित दर्ता गराएको छ ।
गएराति सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७।५ ओभरमा भेट्यो । पाकिस्तानको जीतमा ओपनरद्वय मोहमद रिजवान र कप्तान बाबर आजमले अर्धशतकीय पारी खेलेका हुन् ।
रिजवानले ५५ बलमा ७९ रन बनाए भने आजमले पनि ६८ रनको योगदान दिए । यसअघि भारतले टस हारेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०८ कार्तिक २०७८, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी–२० विश्वकपमा बन्यो दुर्लभ रेकर्ड
आसिफ शेख ४ रन बनाएर आउट
नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्दै