नेपाल इन्भेष्टर्स फोरमद्वारा सेयर धितोकर्जाको सीमा खारेज गर्न माग

सफल खबर संवाददाता

शुक्रबार, १८ भदौ २०७८, १२ : ४५
नेपाल इन्भेष्टर्स फोरमद्वारा सेयर धितोकर्जाको सीमा खारेज गर्न माग

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले नेपाल राष्ट्र बैंकबाट गरिएको सेयर धितो कर्जासम्बन्धी विभेदकारी तथा अव्यावहारिक नीतिलाई तत्काल खारेज गर्न माग गरेको छ । फोरमले सेयर धितो कर्जाका कारण सेयर बजारमा लगातार गिरावट आएको भन्दै धितोकर्जामा भएको १२ करोडको सीमा तत्काल खारेज गर्न माग गरेको  हो । 

चालू आर्थिक वर्षको मौद्रिक नीतिले सेयर धितो कर्जा एक व्यक्ति वा एक संस्थाले बढीमा १२ करोडसम्म लिन सक्ने व्यवस्था गरेको छ ।  बैंक तथा वित्तीय संस्थाहरुले कोर क्यापिटलको ४० प्रतिशत मात्र सेयर धितो कर्जा प्रवाह गर्न पाउँछन् जुन ऋण लगानीको २ दशमलव ५ प्रतिशत मात्र हो ।

यसरी सीमा तोक्दा ऋण सुविधा लिन लगानीकर्ताहरुलाई सास्ती परेको फोरमले जनाएको छ । लगानीकर्ताले ऋण लिन तीनवटा बैंक तथा वित्तीय संस्था धाउनुपर्ने भएकाले यो निकै झन्झटिलो भएको फोरमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस