यौन दुर्व्यवहार गरेको अभियाेगमा मा डेढ वर्ष कैद सजाय

सफल खबर संवाददाता

विहीबार, १७ भदौ २०७८, १३ : ५४
यौन दुर्व्यवहार गरेको अभियाेगमा मा डेढ वर्ष कैद सजाय

संखुवासभा । जिल्ला अदालत संखुवासभाले बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा  डेढ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

 संखुवासभाको पाँचखपन नगरपालिकामा १७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा पाँचखपन नगरपालिका –१ का ३६ वर्षीय तिलक भन्ने आकाश राईलाई नगद क्षतिपूर्तिसहित एक वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । 

अदालतले आरोपित राईविरुद्ध एक वर्ष ६ महिना कैद र ३५ हजार रुपैयाँ क्षतिपूर्तिसहित १६ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार डिल्ली प्रसाईले जानकारी दिए ।

पीडित पक्षको उजुरीका आधारमा राईलाई प्रहरीले २० फागुनमा पक्राउ गररेको थियो ।  राईले १९ फागुनमा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले २० फागुनमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । 

प्रतिक्रिया दिनुहोस