अवरुद्ध नागढुङ्गा-नौबिसे सडकखण्ड सञ्चालन

सफल खबर संवाददाता

सोमबार, १४ भदौ २०७८, १२ : ०५
अवरुद्ध नागढुङ्गा-नौबिसे सडकखण्ड सञ्चालन

काठमाडौँ । अविरल वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध भएको नागढुङ्गा-नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ ।

त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको थियो । पहिरो पन्छाएर अहिले सडक सञ्चालनमा ल्याइएको छ ।

सडक अवरुद्ध हुँदा राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारी साधन लाइनमा बस्नु परेको थियो । धादिङकै गल्छीमा भने अहिले पनि सडक एकतर्फी मात्रै खुलेको छ ।

सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमाथिबाट पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस