आज पनि देशभरको मौसम सक्रिय, भोलिबाट सुधार आउने

सफल खबर संवाददाता

सोमबार, १४ भदौ २०७८, ०९ : ४०
आज पनि देशभरको मौसम सक्रिय, भोलिबाट सुधार आउने

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण आज पनि देशभरको मौसम सक्रिय रहेको छ। आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ।

आज दिनभर देशको अधिकांस भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। दिउँसो लुम्बिनि प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

पछिल्लो तीन र चार दिनको झरीपछि मौसममा केही सुधार भए पनि पानी भने पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। महाशाखाका अनुसार सोमबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ।  मंगलबार मौसममा सुधार आउने महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस