पत्रकार महासंघ बागमती प्रदेश समितिको दोस्रो पुर्ण बैठक सम्पन्न, कोभिड १९ को बाहनामा पत्रकारमाथि अन्याय नगर्न आह्वान

सफल खबर संवाददाता

शनिबार, १२ भदौ २०७८, १५ : ३९
पत्रकार महासंघ बागमती प्रदेश समितिको दोस्रो पुर्ण बैठक सम्पन्न, कोभिड १९ को बाहनामा पत्रकारमाथि अन्याय नगर्न आह्वान

चितवन । नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिले कोरोना भाइरस (कोभिड १९) को बाहनामा पत्रकारमाथि अन्याय नगर्न सम्बन्धीत पक्षसँग माग गरेको छ ।

समितिको शनिबार नुवाकोटको बिदुरमा बसेको दोस्रो पूर्ण बैठकले कोरोना माहामारीको कारण देखाउँदै सञ्चारगृहहरुले श्रमजीवी पत्रकारहरुलाई दबावपूर्ण बेतलबी बिदामा राख्ने, निष्काशन गर्ने, पारिश्रमिक कटौती गर्ने, काम गर्ने वातावरण बिथाल्ने, नियमित पारिश्रमिक नदिने जस्ता गुनासो आएको भन्दै महासंघले पत्रकारहरुलाई पेसाबाट बिमुख गराउने कार्यको भत्र्सना गर्दै यस्ता कार्य तत्काल सच्याउन सम्बन्धीत पक्षसँग माग गरेको हो । 

बैठकमा कोभिड महामारीका कारण स्वरोजगारमुलक सञ्चारमाध्यम आर्थिक रुपमा धराशयी बनेको भन्दै  यो परिस्थितिमा सञ्चारमाध्यम टिकाउन आवश्यक आर्थिक प्याकेज ल्याउन सरकारलाई आह्वान गरेको छ । 

यस्तै बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अघि सारेको सरकार आफैले सञ्चार गृह सञ्चालन गर्ने अवधारणामा महासंघले ध्यानाकर्षण गराएपनि यसको सुनुवाई नभएको गुनासो गर्दै स्वतन्त्र प्रेसको संवैधानिक प्रावधानलाई आत्मसात नगरी सरकार आफैले सञ्चार गृह र सञ्चारमाध्यम सञ्चालन गर्ने प्रकृया तत्काल स्थगन गर्न  प्रदेश सरकारसँग माग गरेको छ ।

घोषणा पत्र :
१. प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारहरुको हकहित, क्षमता अभिवृद्धि तथा पेशागत सुरक्षाको आबश्यक प्रवन्ध गर्न यो बैठक सम्बन्धीत पक्षको ध्यानाकर्षण गराउँदछ ।

२. कोभिड महामारी लगायत कारण देखाउँदै सञ्चारमाध्यमले पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक नदिने जस्ता गतिविधि गरेकोमा यो बैठकको ध्यानाकर्षण भएको छ । श्रमजीवी पत्रकारहरुलाई पेसाबाट बिमुख गराउने कार्यको भत्र्सना गर्दै यस्ता कार्य तत्काल सच्याउन र दिन बाँकी पारिश्रमिक तत्काल उपलव्ध गराउन यो बैठक सम्बन्धीत पक्षसँग माग गर्दछ ।

३. कोभिड महामारीका कारण जारी लकडाउनका कारण स्वरोजगारमुलक सञ्चारमाध्यम आर्थिक रुपमा धराशयी बनेको छ । केही सञ्चारमाध्यम बन्द भएका छन्, कतिपय बन्द गर्नुपर्ने अबस्थामा पुगेका छन् । यो परिस्थितिमा सञ्चारमाध्यम टिकाउन आबश्यक आर्थिक प्याकेज ल्याउन सरकारसँग यो बैठक माग गर्दछ ।

४. बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट मार्फत सरकार आफैले सञ्चार गृह सञ्चालन गर्ने अवधारणा अघि सारेको छ । महासंघले यो विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएपनि यसको सुनुवाई भएको छैन । स्वतन्त्र प्रेसको संवैधानिक प्रावधानलाई आत्मसात नगरी सरकार आफैले सञ्चार गृह र सञ्चारमाध्यम सञ्चालन गर्ने प्रकृया तत्काल स्थगन गर्न यो बैठक प्रदेश सरकारसँग माग गर्दछ ।

५. नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले यो आर्थिक वर्षलाई तालिम वर्षको रुपमा अघि बढाउने निर्णय गरेको छ । प्रदेश भित्रका सञ्चारकर्मीको क्षमता अभिवृद्धि गराउने र यस क्षेत्रमा प्रवेश गर्न चाहानेहरुलाई शिप विकास तालिम सञ्चालन गर्ने समितिको उद्देश्य हो । यो अभियान सफल पार्न आबश्यक सहयोग गर्न महासंघ सम्बन्धीत सबै पक्षलाई आग्रह गर्दछ ।

६.  स्थानीय सञ्चारमाध्यम प्रवद्र्धनका लागि स्थानीय तहमा उत्पादन हुने बिज्ञापन स्थानीय सञ्चारमाध्यममा नै प्रकाशन प्रशारण गर्नुपर्ने व्यवस्था गर्न यो समिति सरकारसँग माग गर्दछ ।

७. नेपाल पत्रकार महासंघको विधानमा उल्लेख भएको मापदण्ड अनुसारको सदस्यहरुको संस्था बनाउनका लागि सदस्यता शुद्धिकरण अभियान सञ्चालन गर्ने भएकाले यो अभियानमा सहयोग गर्न यो बैठक सबै जिल्ला शाखाहरुलाई आग्रह गर्दछ ।

८. देशकै पहिलो सञ्चार रजिष्ट्रार बागमती प्रदेशमा नियुक्त भएको छ । प्रदेश सञ्चारमाध्यम ब्यवस्थापन ऐनले रजिष्ट्रारलाई तोकेको अधिकारहरु कटौती गर्न प्रदेश सरकारले उक्त ऐन संसोधन गर्न लागेकोप्रति आपत्ति जनाउँदै रजिष्ट्रारका अधिकारहरु कटौती नगर्न प्रदेश सरकारसँग माग गर्दछौं । साथै बागमती प्रदेश सरकारले विभिन्न कानुन बनाउने चरणमा रहेको सुन्नमा आएको छ । यो सन्दर्भमा सञ्चार क्षेत्रसँग सम्बन्धीत कानुन बनाउने क्रममा महासंघसँग परामर्श गर्न आग्रह गर्दै श्रमजीवी पत्रकारको हकहितको पक्षमा कानुन बनाउन महासंघ सरकारसँग आग्रह गर्दछ ।

९. ऐतिहासिक तथा पर्यटकीय जिल्ला नुवाकोटको पर्यटन विकास र प्रचारका लागि सञ्चारमाध्यमहरुले अझ प्राथमिकतामा राख्ने र नुवाकोटको पर्यटन क्षेत्र विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकारलाई गुरुयोजना तयार गर्न यो बैठक आग्रह गर्दछ । 

१०. प्रदेश भित्र क्रियाशील पत्रकारहरुलाई कोभिड बिरुद्धको खोप दिन सहजीकरण गर्ने प्रदेश सरकारलाई धन्यवाद दिंदै खोप लगाउन छुट भएका पत्रकारहरुलाई तत्काल खोप लगाउने व्यवस्था गर्न सम्बन्धीत निकायसँग यो बैठक माग गर्दछ ।

११. नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिको बैठकमा आतिथ्यता प्रदान गर्ने नेपाल पत्रकार महासंघ, नुवाकोट शाखा र सहयोग गर्ने सबै प्रति यो बैठक धन्यवाद ज्ञापन गर्दछ ।
१२ भदौ २०७८
बिदुर, नुवाकोट

प्रतिक्रिया दिनुहोस