नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक असई कार्कीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

सफल खबर संवाददाता

आइतबार, ३१ साउन २०७८, १८ : १६
नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक असई कार्कीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक असई विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। प्रहरी कल्याण कोषले नक्सालमा सञ्चालन गरेको पेट्रोल पम्पमा कार्यरत असई दिलिप कार्कीविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको आयोगले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको भन्दै अख्तियारले एक करोड तीन लाख ९७ हजार ९ सय ३७ रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए । असई कार्कीले पेट्रोल पम्पमा रकम हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो। त्यसै जुरीको आधारमा अनुसन्धान गर्दा उनले विक्री भएको तेलको वास्तविक रकम दाखिल नगरी एक करोड तीन लाख ९७ हजार ९ सय ३७ रुपैयाँ हिनामिना गरेको पुष्टि भएको सहायक प्रवक्ता भण्डारीले जानकारी दिए ।

उनका अनुसार प्रमाणसहित पुष्टि भएपछि उनीविरूद्ध आरोप पत्र दायर भएको हो। उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा एक र उपदफा एक कै खण्ड झ बमोजिमको सजायको माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस