माधव नेपाल समूह सरकारमा सहभागी नहुने

सफल खबर संवाददाता

शुक्रबार, २२ साउन २०७८, १६ : ५४
माधव नेपाल समूह सरकारमा सहभागी नहुने

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ ।

दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठक सम्पन्न पछि माधव नेपाल समूहले पार्टी एकतामा जोड दिँदै सरकारमा सहभागी नहुने जनाएको छ । बैठकपछि पत्रकारसँग नेता रघुजी पन्तले आफ्नो समूह शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने बताए ।
 

प्रतिक्रिया दिनुहोस