निर्वाचन आयोगद्वारा ४१ वटा राजनीतिक दलको दर्ता खारेज

सफल खबर संवाददाता

मंगलबार, १९ साउन २०७८, १५ : ३९
निर्वाचन आयोगद्वारा ४१ वटा राजनीतिक दलको दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले लगातार तीन वर्षसम्म लेखापरीक्षण नबुझाएका दललाई यही साउन २० गतेदेखि लागु हुनेगरी दलको दर्ता खारेज गरेको हो ।

आयोगका प्रवकता राजकुमार श्रेष्ठका अनुसार मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो ।

आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छअब ९५ वटा दलको मात्र दर्ता कायम रहेको उनले बताए । यसअघि, आयोगमा १३६ दल दर्ता थिए ।

 

 

प्रतिक्रिया दिनुहोस