साउन २६ गतेदेखि प्रभुराम शर्मा कायम मुकायम प्रधान सेनापति, राष्ट्रपतिद्वारा सरकारको सिफारिस सदर

सफल खबर संवाददाता

आइतबार, १७ साउन २०७८, १५ : २५
साउन २६ गतेदेखि प्रभुराम शर्मा कायम मुकायम प्रधान सेनापति, राष्ट्रपतिद्वारा सरकारको सिफारिस सदर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति प्रभुराम शर्मालाई तोकेकी छिन् । 

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आइतबार जारी गरेको विज्ञप्तिमा बलाधिकृत रथी शर्मालाई सरकारले सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३ अनुसार सिफारिस गरेकोमा आइतबार त्यसलाई सदर गर्ने निर्णय लिएकी हुन् । 

प्रधान सेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल भदौ २४ बाट समाप्त हुने तथा उनी साउन २५ गतेबाट घरबिदामा बस्ने भएकाले राष्ट्रपतिले कायम मुकायम तोकेकी हुन् । एक महिनापछि शर्मा नै प्रधान सेनापति बन्ने छन् ।

प्रतिक्रिया दिनुहोस