जयसिंह धामी हत्याको बिरोधमा घोराहीमा प्रर्दशन

सफल खबर संवाददाता

आइतबार, १७ साउन २०७८, १४ : ४८
जयसिंह धामी हत्याको बिरोधमा घोराहीमा प्रर्दशन

सांकेतिक तस्विर

घोराही । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङले शनिवार घोराहीमा बिरोध प्रदर्शन गरेको छ। साउन १५ गते शुक्रवार दार्चुलाको व्यास गाउँपालिका– २ मालगाउँका ३५ बर्षीय जयसिंह धामीलाई भारतिय सीमा सुरक्षा बलले तुइन काटेर महाकाली नदीमा खसाएर पछि बेपत्ता छन् । त्यसैको बिरोधमा उक्त पार्टीले घोराहीमा बिरोध प्रर्दशन गरेको हो ।

प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज शितलले भारतिय साम्राज्यवादले नेपाल र नेपाली जनता माथिको ज्यादति असैह्य रहेको बताए ।

उनले धामीका हत्यारालाई कारवाही गर्न र नेपाली जनताको शान्ती–सुरक्षाको ज्ञारेन्टी गर्न सरकार थप जिम्मेवार बन्न आग्रह गरे ।कार्यक्रमका प्रमुख बक्ता समेत रहेका नेता शितलले बैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाका लागि पार्टीले जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिने राजनीतिक कार्यनीति लिएको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटनले संसदवादी दलहरु भारतिय गुलाम, साम्राज्यवादीहरुका दास भएकाले घटनाको विरुद्ध चुइक्क बोल्न नसकेको तर्क गरे ।

उनले आफुहरु जनताको अधिकार,राष्ट्रियता,स्वाधीनताको पक्षमा संघर्ष गरेकाले नै दलालहरुले आफुहरुलाई प्रतिबन्ध लगाएको जिकिर गरे ।कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष सम्झनाले विरता र गौरबको प्रतिक भनेर चिनिने देशमाथि भारतको नांगो हस्तक्षेप अस्वीकार्य भएको बताइन।

सिमा अतिक्रमण, सिमानाका बासिन्दामाथि भारतको बारम्बारको हस्तक्षेपलाई राज्यले टुलुटुलु हेरेर बस्ने मात्रै गरेको भन्दै उनले आक्रोस पोखिन ।
 

प्रतिक्रिया दिनुहोस